चिराकीलाई साइकल र हातेमाइक

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नं. १ ले चिराकीलाई साइकल र हातेमाइक वितरण गरेको छ ।
लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएका उनीहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको हो । चिराकीले समुुदायका सबैजसो सूचना पुर्याउने, गाउँमा केही शुभ/अशुभ घटना भएमा सूचना दिने कार्य गर्दछन् ।
‘‘चिराकीले गाउँको विकास निर्माणमा होस् या सामाजिक कामकाज, हरेक गतिविधिबारे गाउँमा सूचना सम्प्रेषण गर्दै आइरहेका छन्’’, वडाध्यक्ष धनीराम चौधरीले भने, ‘‘समाजमा दिनुपर्ने सूचना प्रवाह सहज होस् भनेर सामग्री वितरण गरेका हौं ।’’
वडाका ६ चिराकीले सामान पाएपछि माइकको सहायताले सूचना दिन सहज हुने बताउँछन् । समुदायमा सामाजिक काम गर्दै आएका चिराकीले खासै तलब पाउँदैनन् ।
कतिपय ठाउँमा निःशुल्क काम गर्छन् भने कतिपय गाउँमा बडघरको नेतृत्वमा चिराकीको तलब तोकिएको हुन्छ । समाजसेवी लालवीर चौधरीकाअनुसार लामो समयदेखि थारु समुदायमा प्रचलनका रुपमा रहेका चिराकी बडघरका सहयोगीकारुपमा काम गर्छन् ।
‘‘चिराकीले बडघरले खटाएको काम गर्छन्, उनीहरु रातदिन नभनी समुदायको हीतमा खटेका हुन्छन्’’, समाजसेवी लालविर भन्छन्, ‘‘तलब तोकेका गाउँमा पनि चिराकीको तलब कम हुन्छ । गाउँकै मानिसले उठाएको अन्न वा रकम उनीहरुलाई तलब दिने हो । बडघर र चिराकीलाई तलब दिने अन्य स्रोत समुदायसँग केही हुँदैन । सामाजिक योगदान दिने मानिसलाई स्थानीय सरकारले प्रोत्साहन गर्नु राम्रो हो ।’’
पछिल्लो समय बडघर तथा चिराकीले स्थानीय सरकारलाई पनि सघाउँदै आएका छन् । उनीहरुले बडघर तथा चिराकीलाई कानूनी मान्यता दिने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गर्दै आएका छन् ।
‘‘लामो समयदेखि समुदायमा नेतृत्वदायी भूमिकामा निस्वार्थ सेवा गरिररहेका बडघरलाई कानूनी मान्यता दिन आवश्यक छ । उनीहरुले न्याय सम्पादनमा गरेको कार्यको मूल्याङ्कन समेत हुनुपर्छ’’, बडघर चुन्कानु चौधरीले भने, ‘‘सरकारले हाम्रो हीतमा काम गर्नुपर्छ ।’’
















मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया