कालीगण्डकी डाइभर्सन परियोजनाले एमालेभित्रै हंगामा
पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको विरोध

काठमाडौं । कालीकण्डकी डाइभर्सन परियोजनाले नेकपा एमालेभित्र विवाद निम्तेको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले परियोजना कार्यालयको उद्घाटन गरेपछि एमालेभित्र विवाद निम्तको हो । गण्डकी प्रदेशका नेताहरुले परियोजना भारतीय शासकहरुको स्वार्थ अनुरुप आएको भन्दै विरोध जनाएका छन् ।
अर्थमन्त्री पौडेलले परियोजना कार्यालयको उद्घाटन गरिसकेका छन् । उनको कदमको गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले विरोध जनाएका छन् ।
विस्तृत अध्ययन र अनुसन्धानविना कालीगण्डकी डाइभर्सन परियोजना अगाडी सारिएको र यो परियोजना संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत रहेको भन्दै गुरुङले आपत्ति जनाएका छन् । यस अगाडी मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले पनि ब्रम्हा नै आएपनि कालीगण्डकी परियोजना बन्न दिन नहुने बताएका थिए ।
एमालेका गण्डकीका दुई हस्ती गुरुङ परियोजनाको विरोधका छन् ।
पूर्वमन्त्री गुरुङले प्राकृतिक रुपमा बगिरहेको कालीगण्डकी नदी डाइभर्सन गर्दा त्यसले तल्लो तटीय जलाधार क्षेत्रका मानव समुदाय र जैविक विविधताका क्षेत्रमा ठूलो वातावरणीय चुनौती पैदा गर्ने बताएका छन् । उनले समाजिक सन्जालमार्फत भनेका छन्, ‘सम्बन्धित जलाधार क्षेत्रका सबै बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला तथा यससँग सम्बन्धित सबै संघ–संस्थाका साथै गण्डकी प्रदेशसँग छलफल, समन्वय र सहमति नै नगरी एकतर्फी रूपमा नेपाल सरकारले जुन निर्णय गरेको छ, यो निर्णय सर्वथा गलत र संघीयता विरोधी छ । यो परियोजना कार्यान्वयन भनेको एउटा ठूलो प्राकृतिक विपद्को सामना गर्नु सरह हो । यति मात्र होइन, यो परियोजना हालसम्म नेपाल पक्ष भई भए–गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्धि–सम्झौता समेतको विरूद्ध रहेको छ ।’
कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो । झण्डै ४० अर्ब लागतको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।
तर कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाटसम्मका थुप्रै धार्मिक क्षेत्रलाई समाप्त गर्ने भन्दै तर पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका जनता डाइभर्सनको विरोधमा छन् ।














ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया