प्रतिनिधीसभा विघटन मुद्दा
रिट निवेदक पक्षले आज दुई घण्टा ३५ मिनेट मात्रै वहस गर्ने

काठमाडौं । प्रतिनिधीसभा विघटनका विरुद्धमा सर्वाेच्च अदालतमा परेको रिट निवेदनमा आज पनि वहस हुने भएको छ । सर्वाेच्चको संवैधानिक इजालासमा ९ असारबाट नियमति शुरु भईरहेको वहसमा रिट निवेदक तर्फका कानुन ब्यवसायीहरुले वहस गरिरहेका छन् ।
सम्वैधानिक इजालसले रिटमा वहस गर्ने कानुनब्यवसायीको सूचि लामो देखेपछि दुवै पक्षलाइृ समय तोकेरै वहस गर्न दिएको हो । जसअनुसार रिट निवेदक कांग्रेस सभापति शेरवहादुर देउवा लागतय १४६ सांसदको रिटमा अव रिट निवेदकका तर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट वहस गर्न पाउनेछन् ।
यस अगाडी यो पक्षले ९ घण्टा २५ मिनेट वहस गरिसकेका छन् ।
शुरुमा रिट निवेदक पक्षलाइृ १२ घण्टा वहस गर्न दिने गरी इजालसले समय तोकेको थियो । त्यसपछि सरकारका तर्फबाट वहस हुनेछ । उनीहरुलाइृ १५ घण्टाको समय दिईएको छ । राष्टपति र प्रधानमन्त्री पक्षका वकिलहरुले वहस गरिसकेपछि फेरि रिट निवेदकका तर्फका कानुुन ब्यवसायीलाई थप ३ घण्टा बहस गर्न दिने गरी समय निर्धारण गरिएको छ । त्यसपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार वकिलहरुले आधा घण्टाका घरले वहस गर्नेछन् ।
त्यसपछि भने यसमा अदालतले निर्णय दिनेछ ।
प्रतिनिधीसभा विघटन विरुघ सर्वाेच्चमा ३० ओटा मुद्दा परेको थियो । जसमध्ये इजालसले कांग्रेस सभापति देउवा सहित १४६ सांसदको रिटलाइृ पहिलो प्राथमिकतामा राखेर सुनुवाईमा लगेको हो ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया