बुधबार, चैत ११, २०८२

एमाले एकता झन् टाढिँदै

असार १६ मा एमालेको महाधिवेशन आयोजक समिति बैठक बोलाइयो

नेपाल पक्ष भन्छ : ओली आफ्नै सुरसारमा छन्, उनी पार्टी विवाद मिलाउन गम्भिर छैनन

मेरोन्यूज २०७८ असार १३ गते १२:१०

काठमाडौं । सत्तासिन दल नेकपा एमालेको विवाद साँघुरो बन्ने र मिल्ने दिशामा भन्दा फेरि झाँगिने र विवाद तन्किने दिशामा गएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

माओवादी केन्द्रसँगको एकता अगाडीको २०७५ जेठ २ मा पार्टी संरचना फर्किनुपर्ने र त्यहीबाट कार्यप्रारम्भ गरी अगाडी बढ्ने,त्यसपछिका विवाद मिलाउन कार्यादल गठन गर्ने लगायतका विषय मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताहरुले लगातार प्रयास गरेपनि ठोस निश्कर्ष निस्कन सकेको थिएन ।

ओली स्वंयमले विवाद मिलाउन ६ बुँदे प्रस्ताव अगाडी सारेर नेता–कार्यकर्तालाई अपिल गरेपनि नेपाल प्क्षले त्यस प्रसतावमा पनि प्रश्नै–प्रश्न उठाएर जवाफ फर्काएको थियो ।

तर पनि नेताहरुले पार्टी मिलाउन गरेको प्रयास सफल हुन सकेको छैन । पछिल्लो केही दिन यता फेरि दुई पक्षीय सम्वन्ध सुध्रर्ने भन्दा पनि वल्झिने र झाँगिने दिशामा गएपछि ओल ीपक्ष आफ्नै रणनीतिमा जुटेको छ ।

ओली पक्षले भित्रभित्र पार्टीको विद्यान महाधिवेशन गर्ने तयारी थालेको छ भने नेपाल पक्षले खारोज गर्नुपर्ने भन्दै निरन्तर आवाज उठाईरहेको पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले पार्टी स्थायी समितिको वैठक बोलाएर महाधिवेशन आयोजक समितिको बैठक वोलाउने निर्णय लिएका हुन् ।

एमाले स्थायी समिति बैठक आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

बैठकले असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने गरी महाधिवशेन आयोजक समितिको बैठक बोलाउने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा महाधिवेशन आयोजक समिितको बैठक राखिएको छ,’ ज्ञवालीले भने ।

आयोजक समितिले गरेको निर्णयलाई केन्द्रीय समितिले गरे निर्णय अनुसारको सदर गर्न नसकिने कर्णाली प्रदेशका सांसद पूर्नवाहाली प्रकरणमा सर्वाेच्चले दिएको छ ।

त्यसपछि एमाले भ्याकेटमा मुद्दा बोकेर अदालत पुगेको थियो । यसमुद्दामा दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको अवस्था छ ।

नेपाल पक्षले भने आयोजक कमिटि लाई मान्यता नदिने बताउँदै आएको छ । ओली पक्षले आयोजक समितिको बैठकवाट अव राष्ट्रिय प्रतिनिधी परिषद सदसयको अन्तिम टुंगो लगाउनेछ । त्यसतै सदस्यता नविकरण लगायतका काम पनि गर्ने निर्णय लिएको छ । यो वीचमा परिषद सदस्यको बारेमा गृहकार्य गरेर टुग्याउन संगठन विभाग प्रमुख विष्णु पौडेललाई जिम्मा दिइएको छ ।

तर नेपाल पक्षले भने २ जेठ २०७५ को कमिटि बैठक बोलाएर मात्र अगाडी वढनुपर्नेमा प्रधानमन्त्री ओली निरन्तर महाधिवेशन आयोजक कमिटि बैठक तिरै केन्द्रीत हुन थालेको आरोप लगाएको छ ।

‘उहाँ (ओली) हरु आफ्नै सुरसारमा हुनुहुन्छ,’ नेपाल पक्षका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने,–‘यसले पार्टी एकता झन् टाढिदै जानेछ । उहाँ पार्टी विवाद मिलाउन त्यक्ति गम्भिर देखिनुभएको छैन ।’

ओली पक्षले भने माधव नेपाल स्वंम निरन्तर पार्टी विवाद मिलाउने भन्नेमा भन्दा विपक्षीहरुसँगै साँठगाँठ जोडनेमै देखिएकोले अव माधव नेपाललाई फर्किन्छन् भनेर अल्झिरहनु नहुने पक्षमा उभिएको छ ।

ओलीले महाधिवेशन आयोजक समितिको असार १६ को बैठकबाटै पार्टी जेठ २ मा फर्किएको औपचाकिर निर्णय गरेर घोषणा गर्ने तयारी पनि गरेका छन् । जेठ २ मा पार्टी फर्काउन आग्रह गरिरहेको नेपाल समुह अव पार्टी त्यसैमा फर्किएपनि नफर्किने अवस्थामा पुगिसेकको निश्कर्ष ओली पक्षको छ । आयोजक कमिटिकै बैठक बसेर एकपटक असार १६ मा एकताका लागि औपचारिक आह्रवान गर्ने भन्ने निश्कर्षका साथ आयोजक समिति बैठक बोलाइएको पनि नेताहरुको भनाई छ ।

प्रतिक्रिया