योग्यता नपुगेकाले राजदूतमा पूर्वमन्त्री कार्कीलाई नियुक्त नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज कार्कीलाई राजदूतमा नियुक्ति नगर्न आदेश दिएको छ । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनलाई राजदूतमा नियुक्ति गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न सरकारलाई आदेश दिएको हो । सरकारले उनलाई वैशाख २५ गते राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाई नगरी राजदूतमा नियुक्ति गर्ने तयारी गरिएको थियो । तर, अदालतले कार्कीको राजदूत नियुक्तिमा रोक लगाइदिएको छ ।
मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उत्तीर्ण नगरे पनि हुने निर्देशिका छ । तर, सर्वोच्चले मन्त्री भएका कार्कीलाई अस्वीकार गरिदिएको हो । कार्की एमाले नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री हुन् ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया