आजको राशिफलः आषाढ १४ गते सोमबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १४ गते सोमबार, आषाढ कृष्णपक्षको चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
मनमा नकारात्मक विचारको स्थानमा सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । पेशागत जीवन धेरै नकारात्मक नभएता पनि भविष्यप्रतिको चिन्ताले बढि सताउने छ । तरल पदार्थसँग सम्बन्धि व्यवसाय चिसो पेय पदार्थ, पानी, आइसक्रिम, दुग्ध पदार्थ, मदिरा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूण रहेको छ ।
वृष
पेशागत जीवनको क्षेत्र भने सकारात्मक रहने छ । भाग्यको साथ कम रहने छ । रिसको मात्रा बढि देखिने भएका कारण यसमा नियन्त्रण गर्न ध्यान दिनु होला । निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र, हार्डवेयर जस्ता क्षेत्रमा आवद्धहरुलाई समय सकारात्मक रहने छ ।
मिथुन
मनमा उदासिनताको मात्रा धेरै हुने हुँदा निराशावादी चिन्तनले थिच्न पुग्ने छ । यसका बाबजुद पनि व्यक्तित्वमा भने केही दृढता नै देखिने छ । पारीवारिक जीवनमा तनाव उत्पन्न हुन जाने भएकाले विचार पुर्याउनु होला । पर्यटन क्षेत्र, आयात निर्यात जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ ।
कर्कट
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । सुरक्षा निकाय, होटल, रेष्टुरेण्ट, खेल जगत जस्ता क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । संयमित भएर पाइला चल्नु पर्ने समय छ ।
सिंह
पेशागत जीवन सकारात्मक दिशामा रहने छ भने आम्दानीमा पनि केही बृद्धि नै हुने छ । साझेदारीमा गरिएका काममा समस्या उत्पन्न हुन जाने छ । किराना पसल, वकालत, राजनीति, व्यवस्थापन, शिक्षा क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । निर्णय प्रकृयामा भने ढिला सुस्ति हुने छ ।
कन्या
भाग्यको साथ रहेकाले चालिएका कदम सफलतातर्फ अघि बढ्ने छ । शिक्षण, शिक्षा क्षेत्र, अध्यापन, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई अनुकुल रहने छ । आम्दानीमा भने कमि आउने छ । यसले भित्रि मनको दृढतामा भारी मात्रामा कमि ल्याई दिने छ ।
तुला
रोजगारी अर्थात जागिरमा रहेकाहरुको हकमा धेरै नकारात्मक अवस्था नदेखिएता पनि व्यापारमा रहेकाहरुको हकमा चुनौतिपूर्ण हुने छ । पेशागत जीवनमा समस्याहरु आउँदा अस्थिर बन्न पुग्ने छ । भाग्यको साथ नरहेकाले कार्य सफलता प्राप्त हुने छैन् । धेरै जोखिमपूर्ण पेशामा रहेकाहरुले विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय छ ।
वृश्चिक
भाग्यको साथको अभाव रहेकाले कार्य सफलतामा बाधा धेरै उत्पन्न हुन जाने छ । मेहनत अनुसारको फल प्राप्त हुने छैन् जसले मनमा निराशा उत्पन्न गराई दिने छ । ठेक्कापट्टा, राजनीति, ट्राभल्स एजेन्सी, पर्यटन, किराना पसल आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
धनु
कमजोर मनोबल भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्न खोज्ने छन् । शारीरिक रुपमा शिथिलता देखा पर्दा कार्य क्षमतामा गिरावट ल्याई दिने छ । पित्त तथा रगत सम्बन्धि समस्याले च्याप्ने हुँदा सतर्क रहनु होला । शारीरिक रुपमा मेहनत र परिश्रम गर्नु पर्ने क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ ।
मकर
मनमा दृढता बढ्ने छ । तर रिसको कात्रा पनि अत्याधिक धेरै हुने भएकाले यसबारेमा ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा फुट आउने छ । त्यसकारण यस विषयमा सतर्क रहनु नै बुद्धिमानी हुने छ । पेशागत तथा व्यावसायिक जीवनको गति सहज रुपमा अघि बढ्न सक्ने छैन् ।
कुम्भ
मनमा उदासिनता धेरै आउने छ । धैर्य भएर सकारात्मक सोचका साथ अघि बढ्नेतर्फ केन्द्रीत हुँदा उपयुक्त हुने छ । पेशागत जीवनमा पनि उतारचढाव देखा पर्न जाने छ । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । जीवनसाथिको सल्लाह अनुसार पाईला चालमा केही कार्यमा सफलता मिल्ने छ ।
मीन
आम्दानीमा केही बृद्धि हुन पुग्ने हुँदा जीवनमा केही राहत दिने छ । आन्तरिक चतुर्याईको मात्रामा शिथिलता आउँदा आफैप्रति विश्वासहिनताको अवस्था आउने छ । भाग्यहिनताको आभाषले निम्त्याउने शिथिलताका बीच पनि कर्मशिलतालाई नछाड्नु होला । पेशागत जीवनमा सतर्कताको आवश्यकता देखिन्छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया