बहुला कुकुरले टोकेको छ र ? माधवलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराखेको बताएका छन् । मदन भण्डारीको ७० औँ जयन्तीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
केही दिनअघि गठबन्धनको बैठकमा बोल्दै नेता नेपालले आफूलाई ओलीले प्रधानमन्त्रीको प्रस्ताव राखेको बताएका थिए । यसको जवाफमा ओलीले आफूलाई बहुला कुकुरले नटोकेकाले उनलाई कुनै प्रस्ताव नराखेको बताए ।
‘मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेँ रे,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र, माधव नेपाललाई प्रधानमन्त्री बनाउन ?’
यस्तै, उनले माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागी परेको बताए । यसैगरी उनले माधव नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’का मामुली कार्यकर्ता मात्रै भएकाे बताएका थिए ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया