भारतमा २४ घण्टामा कोरोनाबाट एक हजारभन्दा कमको मृत्यु
मेरोन्यूज
२०७८ असार १४ गते १३:५८

भारत । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना संक्रमण भएपछि कोरोना संक्रमितको कूल संख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।
यसै अवधीका भारतमा कोरोना संक्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधायता २४ घण्टाको समयावधिमा भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना संक्रमणबाट मृत्यु भएको जुन २८ मा पहिलो पटक हो ।
गत अप्रिल १४ मा भारतका कोरोना संक्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् । रासस
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया