युरोकप : नकआउट चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौँ । युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुने भएको छ । अन्तिम नकआउट चरणको पहिलो खेलमा इंग्ल्याण्ड र जर्मनी भिड्दा दोस्रो खेल स्विडेनले युक्रेनको सामना गर्ने छ ।
इंग्ल्याण्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे लण्डनस्थित वेम्बली स्टेडियममा हुने छ । दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहने छन् ।
इग्ल्याण्डले समूह ‘डी’बाट अपराजित रहँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो । उसले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल, दोस्रोमा स्कटल्याण्डसँग गोलरहित बराबरी र अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोलले पराजित गरेको थियो ।
यस्तै, जर्मनीले समूह ‘एफ’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । उसले समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित हुँदा दोस्रो खेलमा पोर्चुगलसँग ४–२ गोलले विजयी भएको थियो । अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेलेको थियो ।
आजको दोस्रो खेल स्विडेन र युक्रेनबीच राति १२ः४५ बजे स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुनेछ । स्विडेन समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा स्लोभाकियालाई १–० गोल र पोल्याण्डलाई ३–२ गोलले पराजित गरेको थियो ।
यस्तै, युक्रेन समूह ‘सी’बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो ।
युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २–१ ले हराएको थियो भने अन्तिम खेलमा अष्ट्रियासँग १–० ले पराजित भएको थियो ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया