माओवादी छाडेका दुई मेयरलाई पुनः पदमा बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले रौतहट मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त नगर्न आदेश दिएको छ । नेकपा माओवादी केन्द्रको आग्रहमा निर्वाचन आयोगले उनीहरूलाई पदमुक्त गरिएको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै निवेदकले पार्टी छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश नगरेकाले मेयर पदमा पुनर्वहाली गरिदिएको हो ।
आदेशमा उनीहरुले सम्पादन गर्नु पर्ने स्थानीय तहसम्बन्धी काम कारबाहीमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न अन्तिरिम आदेश दिएको हो ।
माओवादीले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।














जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया