लगानी कोषको एक प्रतिशत प्रतिफल प्रदान गरिने घोषणा
मेरोन्यूज
२०७८ असार १५ गते २१:४४

काठमाडाैं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ ।
अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि रु एक अर्ब तीन करोड विनियोजन गरिएको कोषले जनाएको छ ।
उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा दाखिला भइरहेको तथा उक्त कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा प्रदान गरिने भएको छ ।
एक प्रतिशतको प्रतिफलबाट सहभागीहरूलाई महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावलाई केही मात्रामा घटाउन सहयोग पुग्ने विश्वास कोषले व्यक्त गरेको छ । रासस
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया