मंगलबार, माघ ६, २०८२

१०२ दिनमै भंग भयो एमाले महाधिवेशन आयोजक कमिटि

मेरोन्यूज २०७८ असार १६ गते १४:५२

काठमाडौं । सत्तासिन दल नेकपा एमालेले आगामी मंसिर ३ देखि ७ गतेसम्म पार्टीको दशौं महाधिवेशन आयोजना गर्ने निर्णय गदै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटिमा बदलेको थियो । नवौं महाधिवेशनवाट निर्वाचत केन्द्रीय कमिटि र नेकपामा रहँदा केन्द्रीय सदस्य समेत रहेका नेता समेतलाई समेटदै महाधिवेशन आयोजक कमिटि २६४ सदस्यीय हुने निर्णय एमालेले लिएको थियो ।

Advertisement
thakur moters insidethakur moters inside

सर्वाेच्च अदालतले एमाले र माओवादी वीचको २०७५ जेठ ३ मा भएको एकतालाइृ वदर गदै एमाले र माओवादी नै ब्यूताईदिने निर्णय २३ फागुनमा गरिदिएपछि एमालेको ओली पक्षले बैठक वसेर आयोजक कमिटि बनाएर जाने नीतिगत निर्णय गरेको थियो ।

माधव नेपाल पक्षका नेताहरुलाई बोलाउँदै नबोलाई बसेको बैठकले अध्यष र महासचिव यथावत राख्ने र सवै पदाधिकारी भंग गर्ने निर्णय पनि लिएको थियो ।

नेपाल पक्षमा त्यसमा आपत्ति जनाउादै आएको थियो ।

त्यसलाई औपचारिक २०७७ चैत ७ गते वसेको केन्द्रीय कमिटिको बैठकले गरेको थियो ।

तर त्यसरी बनेको आयोजक कमिटि १०२ दिनमै भंग भएको छ । वुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले आयोजक कमिटि भंग गदै पून: केन्द्रीय समितिलाई ब्यूताएको हो ।

स्थायी समितिमा थपिए ८ नेता
केन्द्रीय कमिटि ब्यूतिएसँगै एमालेका नवौं महाधिवेशनले निर्वाचित सवै नेताहरुको जिम्मेवारी पनि ब्यूतिएको छ । पदाधिकारी र स्थायी समिति पनि सोही आधारमा ब्यूतिएको छ । तर वुधबारको आयोजक कमिटिको बैठकले स्थायी समिितमा भने ८ नेतालाई थप गर्ने निर्णय पनि गरेको छ । जसअनुसार रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाल एमालेतर्फबाट नै स्थायी समितिमा मनोनित भएका छन् ।

माओवादी छोडेर एमालेमा पुगेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई पनि स्थायी समितिमा मनोनित गरेको छ ।

केन्द्रीय कमिटि बैठक १८ गते
पूरानै संरचनामापार्टी ब्यूताउने निर्णय पछि एमालेले केन्द्रीय कमिटिको बैठक १८ असारमा बोलाएको छ । त्यो बैठकमा भने माधव नेपाल सहति सवै नेताहरुलाई निम्तो हुनेछ । तर एमालेको यो पछिल्लो निर्णयमा नेपाल पक्षले के गर्लान् ? केही खुलेको छैन । ओलीको आयोजक कमिटिको बैठक वालुवाटारमा वसिरहदा नेपाल आफु निकट स्थायी कमिटि सदस्यहरुसँगको छलफलमा ललितपुर वालकुमारी स्थित कृष्णलाल महर्जनको निवासमा छलफलमा थिए ।

त्यो छलफल पछि नेता नेपाल विपक्षी गठवन्धनले आज पनि नयाँ वानेश्वरस्थित संसद भवनमा नागरिक समाजका अगुवाहरुसँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन बानेश्वर पुगेका छन् ।

प्रतिक्रिया