सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन शुरु

काठमाडौं । सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को आयोजनामा भएको उक्त वैज्ञानिक शिखर सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले सातौँ भर्चुअल स्वास्थ्य तथा जनसङ्ख्या सम्मेलन उद्घाटन गरेका हुन् । उक्त शिखर सम्मेलन दुई दिन चल्ने छ । सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसङ्ख्याका विभिन्न ६ वटा विधाहरूमा प्रस्तुति रहनेछ । पहिला मातृ शिशु,नवजात शिशु, बाल स्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, दोस्रोमा कार्यान्वयात्मक अनुसन्धान, तेस्रोमा सङ्क्रामक रोगहरू, चौथो पोषण, पाँचौँ मानसिक स्वास्थ्य र दुर्व्यसन, छैटौँ वातावरणीय स्वास्थ्य, औषधीजन्य र बायोमेडिकल अनुसन्धानलगायतका गहन विषयहरू प्रस्तुति तथा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
सम्मेलनमा ४७ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति हुनेछ । सम्मेलनमा १९ वटा पोस्टर प्रस्तुति हुनेछन् भने २४ वटा आमन्त्रित प्रस्तुति रहने छ । सम्मेलनको पहिलो दिन आज कोभिड—१९, जनस्वास्थ्य सङ्कट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञ र प्रस्तुतिकर्ता प्रस्तुति दिइरहेका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया