राष्ट्रिय योजना आयोगका सदस्य गिरीद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहण गरेसँगै सञ्चारकर्मिसँग संक्षिप्त प्रतिक्रिया दिदैँ सदस्य गिरीले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताए ।
स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्ने तर्क उनको थियो । उनले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गरी देशलाई विकासको बाटोमा अगाडी बढाउन आफ्नो ध्यान केन्द्रीत रहने बताए ।
उनले भने – ‘हामीसँग प्रशस्त स्रोत, साधनहरु छ । स्रोत–साधनलाई विकासमा कसरी रुपान्तरण गर्ने यो कुरामा जबसम्म समुदायका मानिसहरुलाई परम्परागत ज्ञान, भइरहेको सिप, आधुनिकीकरण गरेर अघि बढ्न सक्दैनौँ । तबसम्म विकासमा हामी अगाडी बढ्न सक्दैनौँ । यो कुरामा रुपान्तरणका लागि मेरो ध्यान रहनेछ ।’
उनले आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्वपुर्ण हुने वश्वास व्यक्त गरे ।









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया