प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्री ओलीले अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनि प्रश्न गरेका छन् ।
संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने दायित्व किन निर्वाह नगरेको भनि प्रश्न गरेका हुन् ।
त्यसपछि कोइरालाले जो पार्टी इलेक्टेड हो उसले त्याग गर्नपर्छ भन्ने जवाफ आफुसँग नभएको बताए ।
फेरि जबराले उनलाई सोधे–‘उहाँले नै विघटन गर्नुभयो हैन, अदालतले तपाईले दायित्व निर्वाह नगरेको हुनाले बदर गरिदिएको छ भन्यो । त्यसपछि, अर्को सकार बनाउनुपर्थ्यो हैन ? सरकार बनाउन अरुलाई समर्थन दिन सकिनथ्यो । त्यसमा, दलको नेताको हैसियतले आफ्नो पक्षमा मात्रै गर्नुपर्ने अवस्था थियो ?, उहाँको संवैधानिक दायित्व थिएन ?’
जवाफमा अधिवक्ता कोइरालाले भने –‘मेरो टिमको क्याप्टेन म हुँ, सुसाइड गोल गर्न पाइँदैन भन्नु जायज हो । आफ्नै पार्टीका सदस्यले वर्तमान प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्था भएको हुनाले दल सम्बन्धी ऐन अनुसार त्यसो गर्न मिल्दैन ।’
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया