प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्री ओलीले अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनि प्रश्न गरेका छन् ।
संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने दायित्व किन निर्वाह नगरेको भनि प्रश्न गरेका हुन् ।
त्यसपछि कोइरालाले जो पार्टी इलेक्टेड हो उसले त्याग गर्नपर्छ भन्ने जवाफ आफुसँग नभएको बताए ।
फेरि जबराले उनलाई सोधे–‘उहाँले नै विघटन गर्नुभयो हैन, अदालतले तपाईले दायित्व निर्वाह नगरेको हुनाले बदर गरिदिएको छ भन्यो । त्यसपछि, अर्को सकार बनाउनुपर्थ्यो हैन ? सरकार बनाउन अरुलाई समर्थन दिन सकिनथ्यो । त्यसमा, दलको नेताको हैसियतले आफ्नो पक्षमा मात्रै गर्नुपर्ने अवस्था थियो ?, उहाँको संवैधानिक दायित्व थिएन ?’
जवाफमा अधिवक्ता कोइरालाले भने –‘मेरो टिमको क्याप्टेन म हुँ, सुसाइड गोल गर्न पाइँदैन भन्नु जायज हो । आफ्नै पार्टीका सदस्यले वर्तमान प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्था भएको हुनाले दल सम्बन्धी ऐन अनुसार त्यसो गर्न मिल्दैन ।’









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
प्रतिक्रिया