सशस्त्रमा डिआईजीका लागि बढुवा प्रक्रिया सुरू, ७ एसएसपी प्रतिस्पर्धामा

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त नायब महानिरीक्षक (डीआईजी)मा बढुवाको प्रक्रिया अगाडि बढेको छ । सुचना सार्वजनिक गर्दे बुधबार सशस्त्र प्रहरी मुख्यालयले बढुवाको प्रक्रिया सुरु गरेको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) (क) बमोजिम साधारण समूहतर्फ बढुवाका सम्भाव्य उम्मेदवार रहेका बरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत अन्य आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फारम भरेर तीन दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना जारी गरिएको हो।

गत असार ८ गते चारवर्षे डीआईजी सेवा अवधिका कारण प्रवीण कुमार श्रेष्ठ, फागुनमा प्रजाभक्त श्रेष्ठ र पुसमा वसन्तकुमार बानियाँ आवकाश भएपछि डीआईजीको तीन पद खाली छ । उक्त पदपुर्तिका लाथि सशस्त्रले बढुवाको प्रक्रिया अगाडी बढाएको हो ।
डीआईजी बढुवाका लागि सम्भावित उम्मेदवार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई तीन दिनभित्र आवश्यक कागजात गृह मन्त्रालयको बढुवा समिति सचिवालयमा पेस गर्न सूचित समेत गराएको छ ।
खाली रहेको डीआईजीको पदका लागि सात जना एसएसपी प्रतिस्पर्धामा रहेको पाईन्छ । कालीदास धौबजी, विदुर खड्का, कुमार न्यौपाने, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक गरी जम्मा ७ जना एसएसपीहरु प्रतिस्पर्धामा रहेको स्रोतले जनाएको छ ।
सशस्त्रमा डिआईजीका लागि बढुवा प्रक्रिया सुरू, ७ एसएसपी प्रतिस्पर्धामा
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया