म ओलीकै पक्षमा छु : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेका सांसदले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आफू पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने बताएका थिए ।
उनले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको बताए । उनले पार्टी एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन ओलीसँग आग्रह गरे । मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै उनले माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।
उनले भने, ‘मैले मित्रघात आजसम्म गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ, व्यक्तिगत रुपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’
गौतमले महाधिवेशनबाट निर्वाचन हुँदा केन्द्रीय कमिटीमा माधव नेपालका ९ जना मात्र सदस्य कम रहेको स्मरण गराउँदै पार्टी आधा आधा विभाजित अवस्थामा रहेको बताए ।
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया