विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार
मेरोन्यूज
२०७८ असार १९ गते २२:०३

रसुवा । राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन् । धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो ।
प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
यसरी विद्युत् प्रभावित हुने क्षेत्रहरूमा कालिका–१, उत्तरगया–१, गोसाइँकुण्ड गाउँपालिकाका छ वडा र आमाछोदिङ्मो गाउँपालिकाको पाँच वडा रहेको प्रमुख भण्डारीले बताए ।
सम्बन्धित
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया