‘कलाको शहरमा कलाकै हत्या’ (फोटोफिचिर)

काठमाडौँ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला काठमाडौँ महानगरपालिकाले मेटाएपछि कलाकारहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएका थियो ।

तर, काठमाडौँ महानगरपालिकाले चित्र मेटाइदिएको थियो । महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउदै कलाकारको टोलीले पुनस् चित्र कोर्न दिन माग गरेको छ ।

चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाको ज्ञापनपत्रमा वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘फ्रन्टलाइनरको सम्मानमा कोरोनाविरुद्धको लडाइमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा बनाएको चित्र यस महानगरपालिकाले मेटाएपछि हामीहरलाई स्तब्ध बनाएको छ ।’

कलाकारको टोलीले पुनः चित्र कोर्न पाउँ भनी अनुरोध गरेको छ । प्रदर्शनका क्रममा कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या ?’ भन्दै मेयर शाक्यलाई प्रश्नसमेत गरेका छन् ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया