जीप दुर्घटना : तीनको मृत्यु, ११ घाइते
काठमाडौँ । सिगास गाउँपालिका ३ बाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिगास ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरूको घटनास्थमै मृत्यु भएको हो ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा सिगास ३ का २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीय वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् ।
जीपका चालक १९ वर्षीय खगेन्द्र साउद र जीप धनी ४४ वर्षीय हरिभान साउद फरार रहेका प्रहरीले जनाएको छ । १६ जना सवार जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाले खुल्न नसकेको प्रहरीले जनाएको छ ।
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया