माधव नेपालले प्रधानमन्त्री ओलीलाई भेट्न अस्वीकार गर्नु भयो : नेता पौडेल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेसँगै यस्तो बताएका हुन् ।
नेता नेपालसँगको भेटमा पौडेलल प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गरेका थिए । तर, नेता नेपालले रूची नदेखाएको नेता पौडेलले जानकारी दिए । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवनमा नेता नेपालसँगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।
‘माधव कमरेडकोमा गएका थियौँ, म सुवास जी र शंकर जी भएर, उहाँसँग एकछिन कुराकानी भयो, हामीले के आग्रह गर्यौँ भने पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ,’ नेता पौडेलले भने, ‘तपाईहरू एक आपसमा बस्नुहोस्, हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ, समाधान खोजेर अगाडि जाउँ, पार्टी अध्यक्ष र तपाईको बीचमा मिटिङ होस् भन्ने हामी चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौँ, उहाँले खासगरी प्रधानमन्त्रीसँग भेट्न अरूची प्रकट गर्नुभयो, भेट्ने कुरामा खासै रुची राख्नुभएन, ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ ।’
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया