प्रधानमन्त्री ओली र माधव पक्षका नेता भीम रावलबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट दायर गर्ने नेता माधव नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म समय दिएका छन् । शुक्रबार पार्टीको १३ औँ केन्द्रीय कमिटी बैठकमा ओलीले नेता नेपाल पक्षलाई सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन दुई दिनको समय दिएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीसँग वार्तामा बस्न नमानेका नेता नेपाल पक्षका दोस्रो तहका नेता तथा उपाध्यक्ष भीम रावल करिब ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेता नेपालसँग लामो छलफल गरी उनी बालुवाटार प्रवेश गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेता रावलबीच पार्टी एकताबारे वार्ता जारी रहेको छ ।
अध्यक्ष ओलीले विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गरी हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिन नेता नेपाल समूहलाई दबाब दिँदै आएका छन् । उनले देउवालाई दिएको समर्थन फिर्ता नलिए पार्टी एकता नहुने पार्टीको बैठकमा बताउँदै आएका छन् ।
यसैबीच सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन तथा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने रिटमाथिको बहस सकिँदै जाँदा दबाब महसुस गरेका ओलीले नेपाल समूहलाई दबाब दिएको हो । यसका लागि आइतबार बिहान ओलीले पार्टी एकताको बारेमा छलफल गर्न आफूनिकट नेताहरूलाई नेता नेपालको निवास कोटेश्वर पठाएका थिए ।
ओली पक्षबाट नेता नेपालसँग वार्ता गर्न उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ पुगेका थिए । उनीहरूबीच लामो छलफल भए पनि वार्ता निष्कर्शमा पुग्न नसकेको नेता पौडेलले जानकारी दिए ।
‘माधव कमरेडकोमा गएका थियौँ, म सुवास जी र शंकर जी भएर, उहाँसँग एकछिन कुराकानी भयो, हामीले के आग्रह गर्यौँ भने पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ,’ राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवनमा पौडेलले भने, ‘तपाईहरू एक आपसमा बस्नुहोस्, हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ, समाधान खोजेर अगाडि जाउँ, पार्टी अध्यक्ष र तपाईको बीचमा मिटिङ होस् भन्ने हामी चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौँ, उहाँले खासगरी प्रधानमन्त्रीसँग भेट्न अरूची प्रकट गर्नुभयो, भेट्ने कुरामा खासै रुची राख्नुभएन, ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ ।’
















Death toll rises to 52 in S. Philippines ferry sinking incident
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
Abuse of authority is a serious challenge on state’s legitimacy, social justice: President Paudel
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया