सुजिता शव प्रकरणः पोस्टमार्टमका लागि भरतपुर ल्याउँदै, आफन्तद्वारा राजमार्ग अवरूद्ध

चितवन । १० दिन अगाडि अपहरणमा परेकी राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ सामुदायीक जंगलमा सडेगलेको अवस्थामा भेटिएको शव भण्डारीकै भएको खुलेको हो ।
उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ । भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन् । भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ । उनीहरूले पूर्वपश्चिम राजमार्गमा ट्रक तेर्साएर अवरोध गरेका छन् ।
घटना सामसुम पार्न खोजेको आरोप लगाउदै स्थानियले भण्डारीको शव नबुझ्ने बताएका छन् । शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ । उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विषलु औषधि फेला परेको र भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।
प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ । घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि खटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीका अनुसार भेटिएको शवलाई भण्डारीकै परिवारले पहिचान गरेका हुन ।
















दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया