युरोकप २०२० को चर्चित घटनाहरू, जहाँ नियम नै परिवर्तन भयो

काठमाडौँ । जारी युरोकप २०२० मा साबिक विजेता पोर्चुगल र उपविजेता फ्रान्स अप्रत्यासित रुपमा बाहिरिसकेका छन् । नकआउट चरणमा बेल्जियमसँग पोर्चुगल पराजीत हुँदा स्विजरल्याण्डसँग फ्रान्स पराजीत भएको हो ।
खेलबाट बाहिरिसके पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका खेलाडी पाउलो पोग्बा, टोनी क्रुस, यान सोमरलगायतका खेलाडीहरूको चर्चा सेलाएको छैन । जारी युरोकपमा चार खेल खेल्दै ५ गोल गरेका रोनाल्डोले यसै प्रतिस्पर्धाबाट सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने । यस्तै, सोही प्रतियोगितामा चर्चामा आएका केही विषय यस प्रकारका रहेका छन् ।
नम्बर १ को हार
फुटबलको आधिकारिक निकाय फिफाको नम्बर एक स्थानमा बेल्जियम रहेको छ । यस टिमले आफू शीर्ष स्थानमा हुँदै गर्दा चार ठूला प्रतियोगिता (विश्वकप र युरो) खेल्न अवसर पायो । तर, एउटा उपाधि जित्न सकेको छैन ।
सन् २०१८ विश्वकपको सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग पराजीत भएको थियो । त्यसपटक बेल्जियम तेस्रो भएको थियो । जारी युरोकपको मुख्य दाबेदारका रुपमा हेरिएको बेल्जियम सेमिफाइनसम्म पुग्न सकेन ।
साविक विजेतालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको बेल्जियम उत्कृष्ट फर्ममा रहेको इटालीसँग पराजीत हुँदै घर फर्किएको छ । बेल्जियमको गोल्डेन जेनेरेसनले भरिपूर्ण यस टिमले अब विश्वकप २०२२ मा पहिलो उपाधि जित्ने ठूलो मौका हुन सक्दछ । यदि, केही हासिल गर्न सकेन भने बेल्जियमको गोल्डेन जेनेरेसनको दुःख अन्त्य हुने छ ।
बोतल हटाउँदा ५ खर्ब घाटा
पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका बोतल हटाएर पानी पिउँदा कोकाकोलाको शेयर मूल्यमा ४ अर्ब डलर घाटा भएको छ । उनले युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा पत्रकार सम्मेलनका क्रममा उनले कोकाकोलाको बोतल हटाएका थिए ।
हंगेरीविरुद्ध दुई गोल गर्दै म्यान अफ दि म्याच भएका उनले पत्रकार सम्मेलनका क्रममा कोकाकोलाको बोतल हटाउँदै पानी पिएका थिए । रोनाल्डो स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस खादैनन् ।
यस्तै, एक खेलमा फ्रान्सका खेलाडी पाउल पोग्बाले हेनकेन वियरको बोतल हटाएका थिए । उनले धार्मिक आस्थालाई ध्यान दिँदै वियरको बोतल हटाएका हुन् । उनी मुस्लिम धर्मका अनुयायी हुन् ।
विश्व विजेताको हार
जारी युरोकपमा विश्वकप विजेता टिमहरू एकपछि अर्को गरी बाहिरिए । तर, इटाली र स्पेन प्रतिस्पर्धामा नै रहेका छन् । यस प्रतियोगितामा ४ पटकको विश्व विजेता जर्मनी र २ पटकको विश्व विजेता फ्रान्स अन्तिम १६ बाट नै बाहिरिएका हुन् ।
फ्रान्स अन्तिम १६ को खेलमा स्विटजरल्याण्डबाट पराजित बनेको हो । स्विटजरल्याण्ड टिम ३–१ ले पछि परेको अवस्थाबाट बाहिर निस्कदै अन्तिम ५ मिनेटमा बराबरी गोल गर्दै ऐतिहासिक जित हासिल गर्यो । थपिएको अतिरिक्त समयमा समेत बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट आएको थियो ।
स्विटजरल्याण्डका गोलकिपर यान सोमरले केलियन एम्बाप्पेको पेनाल्टी प्रहार रोकेपछि फ्रान्स प्रतियोगिताबाट बाहिरियो ।
यस्तै, चारपटक विश्वकप र तीन पटक युरो कप जितेको जर्मनीसमेत प्रतियोगिताबाट बाहिरिन पुग्यो । जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्डले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्यो । उता जर्मनी अप्रत्यासित रुपमा बाहिरिनु पर्यो ।
नियम नै परिवर्तन
प्रतियोगितामा रोनाल्डोले कोकाकोला र पोग्बाले हेनकेन वियरको बोतल हटाएसँगै नियम नै परिवर्तन भएको छ । त्यस्तै, इटालीका म्यानुयल लोकाटेल्लीले पनि कोकाकोलाको बोतल भएका ठाउँमा पानी राखेका थिए ।
प्रायोजकहरूले उपलब्ध गराएका पेय पदार्थका बोतल खेलाडीले वरपर सारे मात्र पनि सम्बन्धित टिममाथि जरिवाना हुने युइएफएले जनाएको हो । प्रतियोगिता आयोजना र फुटबलको विकासमा सहकार्य आवश्यक भन्दै प्रायोजकले उपलब्ध गराएको सामाग्री हटाउन नपाउने भएको हो ।
युइएएफए युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन केल्लेनले प्रतियोगिताको नियमहरू खेलाडीले पालना गर्नु पर्ने बताएका थिए । यद्यपी, उनले पोग्बाजस्ता खेलाडीले धार्मिक कारण देखाएर बोतल हटाएको विषयलाई आफूले बुझ्ने बताए ।
युइएफएले सीधै खेलाडीलाई भने कारबाही गर्नेबारे जानकारी गराएको छैन ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

















केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया