डिजेल, पेट्राेल, एलपी ग्यास र हवाई इन्धनकाे मूल्य बढ्याे
मेरोन्यूज
२०७८ असार २२ गते २१:२३

काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्राेल, एलपी ग्यास र हवाई इन्धनकाे मूल्य बढाएकाे छ । निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्राेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएकाे हाे । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर २५ रूपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएकाे छ ।
मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ पुगेकाे छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८४ रुपैयाँ पुगेकाे छ । त्यस्तै खाना पकाउने ग्यासकाे मूल्य एक हजार ४२५ पुगेकाे छ ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

सम्बन्धित
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया