वनतर्फको उत्कृष्ट पुरस्कार
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७ ७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरि क्रियाशील सामुदायिक वन समूहमध्ये रानी सामुदायिक वन उपभोक्ता समूहलाई यस वर्षको उत्कृष्ट समूहका रूपमा पुरस्कार प्रदान गरिएको हो ।
समूहले सामुदायिक वनको मार्गदर्शनबमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको कार्यालयको दाबी छ । यसअघि सो समूहले विसं २०५७ को सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार, २०५४ मा वन संरक्षण युवा पुरस्कार, २०६० मा वनदेवी पुरस्कार र दुईपटक जिल्लास्तरीय प्रथम पुरस्कार प्राप्त गरिसकेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देशबाट मानिस आउने गरेका छन् । सालक संरक्षणमा अब्बल मानिएको यो समूहले सालक ‘केज’समेत बनाएको छ । ब्लक नं ६ लाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गराउन शान्तिटोल विकास संस्थासँग मिलेर काम गरिरहेको समूहले जनाएको छ ।
यसैगरी डिभिजन वन कार्यालय मकवानपुरले यस वर्षको कबुलियती वनतर्फको पुरस्कार वाग्मती गाउँपालिका–७ मा रहेको सुनगाभा कबुलियती वन समूहलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।
हेटौँडा अस्पतालमा सेवा सञ्चालन
कोरोना सङ्क्रमितको उपचारका लागि कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अब नियमित अन्य सेवा सञ्चालन हुने भएको छ ।
कोभिड अस्पतालका कारण आंशिकरूपमा बन्द रहेका सम्पूर्ण सेवा यही असार २४ गते बिहीबारबाट सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो । अस्पतालले तत्काल जनरल आइसीयू सेवाबाहेकका अन्य सेवा सञ्चालन गर्न लागेको छ । अझै पनि कोरोना सङ्क्रमितको उपचारका लागि आइसीयु सेवा प्रयोगमा आइरहेकाले अन्यका हकमा आइसीयु सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ । रासस
















संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया