वनतर्फको उत्कृष्ट पुरस्कार
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७ ७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरि क्रियाशील सामुदायिक वन समूहमध्ये रानी सामुदायिक वन उपभोक्ता समूहलाई यस वर्षको उत्कृष्ट समूहका रूपमा पुरस्कार प्रदान गरिएको हो ।
समूहले सामुदायिक वनको मार्गदर्शनबमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको कार्यालयको दाबी छ । यसअघि सो समूहले विसं २०५७ को सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार, २०५४ मा वन संरक्षण युवा पुरस्कार, २०६० मा वनदेवी पुरस्कार र दुईपटक जिल्लास्तरीय प्रथम पुरस्कार प्राप्त गरिसकेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देशबाट मानिस आउने गरेका छन् । सालक संरक्षणमा अब्बल मानिएको यो समूहले सालक ‘केज’समेत बनाएको छ । ब्लक नं ६ लाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गराउन शान्तिटोल विकास संस्थासँग मिलेर काम गरिरहेको समूहले जनाएको छ ।
यसैगरी डिभिजन वन कार्यालय मकवानपुरले यस वर्षको कबुलियती वनतर्फको पुरस्कार वाग्मती गाउँपालिका–७ मा रहेको सुनगाभा कबुलियती वन समूहलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।
हेटौँडा अस्पतालमा सेवा सञ्चालन
कोरोना सङ्क्रमितको उपचारका लागि कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अब नियमित अन्य सेवा सञ्चालन हुने भएको छ ।
कोभिड अस्पतालका कारण आंशिकरूपमा बन्द रहेका सम्पूर्ण सेवा यही असार २४ गते बिहीबारबाट सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो । अस्पतालले तत्काल जनरल आइसीयू सेवाबाहेकका अन्य सेवा सञ्चालन गर्न लागेको छ । अझै पनि कोरोना सङ्क्रमितको उपचारका लागि आइसीयु सेवा प्रयोगमा आइरहेकाले अन्यका हकमा आइसीयु सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ । रासस
















हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया