विज्ञापन बोर्ड गठनको विज्ञापन संघद्वारा आपत्ति

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन बोर्डको गठन र गठन प्रक्रियाप्रति आपत्ति जनाएको छ । आनले विज्ञप्ति जारी गर्दै बोर्डको गठन सञ्चार बोर्ड जस्तो भएको भन्दै आपत्ति जनाएको हो ।
बोर्डले विज्ञापन व्यवसायलाई बेवास्ता गर्दै प्रत्यक्ष विज्ञापन प्रक्रियाले मारमा पारेको आनले आरोप लगाएको छ । विज्ञापन बोर्डमार्फत व्यवसायमा कुनै आशा र स्थान नै नरहेको आनको भनाई छ ।
आनले १५ वर्षदेखि राख्दै आएको मागलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले संसदबाटै २०७६ साल कार्तिक ८ गते ‘विज्ञापन नियमन गर्न बनेको ऐन–२०७६’ मार्फत पूरा गरेकोमा खुसी व्यस्त गरेको थियो ।
यद्यपि, लोक कल्याणकारी विज्ञापनको शब्दमा टेकेर सबै सरकारी विज्ञापनहरूलाई एकद्वार प्रणालीमा ल्याउन ऐनमा नै विवादास्पद दफा खडा गरी पुनः विज्ञापन व्यवसायलाई भागबण्डा, मनोमानी प्रणालीतिर लैजान खोजेको आनले दोष देखाएको छ ।
बोर्डको गठन तथा पुनर्गठनमा व्यवसायका विज्ञ व्यक्तित्वलाई स्थान नदिएर संस्थागत प्रतिनिधित्वलाई मारमा पारेर कार्यकर्ता भर्ती केन्द्र मात्र बनाएको आनको आरोप छ ।
विज्ञापन बोर्ड गठनबाट विज्ञापन व्यवसायको प्रर्बद्धन, विकास, विस्तार र व्यवस्थित हुन्छ भन्नेमा विज्ञापन व्यवसायीहरूमा गम्भिर आशंका उत्पन्न भएको आनले जनाएको छ ।
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया