माओवादी केन्द्रको खारेजीसहित १२ वटा आधारमा उजुरी दर्ता हुँदै

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ समूहले नेकपा माओवादी केन्द्रविरुद्ध उजुरी दर्ता गर्ने भएको छ । अधिवक्ता सरोज बुढाथोकीसँग छलफल गरी उनीहरूले माओवादी केन्द्रविरुद्ध उजुरी दिने भएको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै एमालेमा लागेका पूर्व माओवादी केन्द्रका नेताहरू बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले उजुरी दिने भएको हो । उनीहरूले अधिवक्ता सरोज बुढाथोकीसँग छलफल गरी १२ वटा आधार देखाएर उजुरी दिने तयारी भएको हो ।
बर्सौंदेखि महाधिवेशन नभएको, पार्टी एकतापछि आयोगमा दर्ता नभएको भन्दै खारेजीसहित १२ वटा आधारमा निर्वाचन आयोगमा उजुरी दिने तयारी भएको हो ।
सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेकपाको एकता खारेज गरेसँगै प्रतिनिधिसभा सदस्यहरू रायमाझी, भट्ट, साह र चौधरी तथा राष्ट्रियसभा सदस्य थापा कारबाहीमा परेका थिए । सोही कारण उनीहरूको सांसद पद गुमेको थियो । अवैधानिक पार्टीको कारबाहीले आफूहरूको पद गएको भन्दै उनीहरूले उजुरी दिने भएको हो ।







चिसोले पञ्चकुण्ड ताल जमेपछि …
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया