सर्पको डसाइबाट महोत्तरीमा एकको मृत्यु
मेरोन्यूज
२०७८ असार २३ गते १५:२०

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
सम्बन्धित
















सुरक्षा व्यवस्था थप सुदृढ बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन
न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
बुधबार ९ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि गिरावट
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया