वायु सेवा निगमलाई कौडीको भाउमा बेच्न लागेको भन्दै कर्मचारी आन्दोलित

काठमाडौँ । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीले निगमलाई निजीजकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । बुधबार निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताएको हो ।
त्यस्तै, ट्रेड युनियनले निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामासमेत माग गरेको छ । सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा महापबवन्धक पौडेलले सरोकारवालासँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो ।
निगममा रहेको तिनवटै ट्रेड युनियनले शान्तिपूर्ण आन्दोलन गर्दा कर्मचारीमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीलाई घाइते बनाएको भन्दै युनियनले भत्र्सना गरेको नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले जानकारी दिए ।
निगमको महाप्रबन्धक पौडेलले निगमको सम्पतीको कम मूल्यांकन गरी सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखेर सिमित व्यक्तिको माग पूरा गरी राष्ट्रघाती कदम चालिएको आरोप लगाएको महासचिव लम्सालले बताए ।















पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
प्रतिक्रिया