चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?

काठमाडाैं । नेपालको निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पुऱ्याउने उद्देश्यका साथ ‘एकाबेरी टेक्नोलोजीज’ले अत्याधुनिक डिजिटल प्लेटफर्म ‘माईअभियान’ (www.myabhiyan.com) औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यस प्लेटफर्मले उम्मेदवारहरूका लागी मतदाता बुझाइ, टीम ट्र्याकिङ, डिजिटल संचार, सोशल मिडिया पोस्टिङ, मतदाता फन्नेल विश्लेषण, र AI–सहायता प्राप्त सन्देश जस्ता सुविधाहरूलाई एउटै प्रणालीमा एकीकृत गर्दै निर्वाचन अभियान व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ।
याे अत्याधुनिक प्लेटफर्मको मुख्य उद्देश्य उम्मेदवारहरूलाई आफ्नो निर्वाचन क्षेत्रको जनसांख्यिकी र अघिल्ला चुनावी नतिजाहरूको गहिरो विश्लेषण गर्न सक्षम बनाउनु रहेकाे छ। कम्पनीका अनुसार माईअभियानले मतदाताहरूलाई उनीहरूको राजनीतिक झुकावका आधारमा वर्गीकरण गर्ने र वैज्ञानिक ‘भोटर फनेलिङ’ मार्फत दोधारमा रहेका मतदातालाई आफ्नो पक्का समर्थकमा बदल्ने वातावरण सिर्जना गरिदिन्छ। प्रविधिलाई निर्वाचन क्षेत्रको सूक्ष्म तहसम्म पुऱ्याउँदै यसले वार्ड र मतदान केन्द्रसम्मको जानकारीलाई डेटामा आधारित भई व्यवस्थित गर्न सहयोग पुऱ्याउँछ।

निर्वाचन अभियानलाई पूर्ण रूपमा डिजिटल रूपान्तरण गर्ने उद्देश्य बोकेको माईअभियान प्लेटफर्मले उम्मेदवारका लागि आवश्यक सबै रणनीतिक सुविधाहरूलाई एउटै छातामुनि समेटेको छ। यसभित्रको सुदृढ ‘टोली व्यवस्थापन’ (Team Management) फिचरले उम्मेदवारलाई आफ्ना कार्यकर्ता र स्वयंसेवकहरूलाई डिजिटल माध्यमबाटै जिम्मेवारी सुम्पिन र उनीहरूको कार्यप्रगतिको प्रत्यक्ष निगरानी गर्न सहज बनाउने कम्पनीकाे भनाइ छ ।
त्यसैगरी, वैज्ञानिक ‘मतदाता फनेलिङ’ (Voter Funneling) र निर्वाचन क्षेत्र विश्लेषण मार्फत मतदाताको झुकाव बुझ्न र उनीहरूलाई ठोस समर्थकमा बदल्न यसले मद्दत गर्ने एकाबेरी टेक्नोलोजीजले जनाएकाे छ ।















वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया