भारतीय प्रधानमन्त्री मोदी ४३ जना मन्त्री थप्दै, ११ जना हटाए

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बुधबार साँझ ६ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले कूल ४३ जना मन्त्री विस्तार गर्न लागेका हुन् । यस्तै ११ मन्त्रीलाई हटाएका थिए ।
शपथपहिले प्रधानमन्त्री मोदीले मन्त्री बन्ने नेताहरूसँग बैठक गरेका थिए । प्रधानमन्त्री निवासमा भएको बैठकमा ज्योतिरादित्य सिन्धिया तथा सर्बानन्द सोनोवालसहित सबै मन्त्री सहभागी रहेका थिए ।
बैठकमा प्रधानमन्त्री मोदीका साथ गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डा, रक्षा मन्त्री राजनाथ सिंहलगायत मन्त्री तथा नेताहरू सहभागी रहेका थिए ।
आज शपथ लिने सबै मन्त्रीहरूको नाम फाइनल भइसकेको छ । भारतीय नियमअनुसार प्रधानमन्त्री मोदीले अधिकतम ८१ जनासम्म मन्त्री बनाउन पाउने छन् । अहिले उनको मन्त्रिमण्डलमा कूल ५३ जना मन्त्री सहभागी रहेका छन् ।
आज बन्ने नयाँ मन्त्रीहरू
१) नारायण राणे २) सर्बानन्द सोनोवाल ३) वीरेन्द्र कुमार ४) ज्योतिरादित्य सिन्धिया ५) आरसीपी सिंह ६) अश्विनी वैष्णव ७) पशुपति कुमार पारस ८) किरण रिजिजु ९) राजकुमार सिंह १०) हरदीप सिंह पुरी ११) मनसुख मण्डाविया १२) भुपेन्द्र यादव १३) पुरुषोत्तम रूपाला १४) जी किशन रेड्डी १५) अनुराग ठाकुर १६) पंकज चौधरी १७) अनुप्रिया पटेल १८) सत्यपाल सिंह बघेल १९) राजीव चन्द्रशेखर २०) शोभा करदलाजे २१) भानुप्रताप सिंह वर्मा २२) दर्शना विक्रम जरदोश २३) मिनाक्षी लेखी २४) अन्नपूर्णा लेखी २५) ए नारायण स्वामी २६) कौशल किशोर २७) अजय भट्ट २८) बिएल वर्मा २९) अजय कुमार ३०) देवसिंह चौहान ३१) भगवन्त खुबा ३२) कपिल पाटिल ३३) प्रतिमा भौमिक ३४) सुभाष सरकार ३५) भगवत कृष्ण राव कराड ३६) राजकुमार रञ्जन सिंह ३७) भारती प्रवीण पवार ३८) विश्वेश्वर टुडू ३९) शान्तनु ठाकुर ४०) महेन्द्र भाई मुञ्जापारा ४१) जान बारला ४२) एल मुरुगन ४३) नितिश प्रामाणिक एजेन्सी
















मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया