आरबिबी म्युचुअल फण्ड १ आजदेखि बिक्रीमा

काठमाडाैं । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।
अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ ।
बाँकी रहेको रु आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ । म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम रु एक करोड इकाइसम्म आवेदन दिन सकिने छ । निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ ।
यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो । यस योजनाको समयावधि सात वर्ष रहेको छ ।
कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।

















इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा अमेरिका पनि संलग्न छ : डोनाल्ड ट्रम्प
बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
प्रतिक्रिया