तीन दिन भारी वर्षाको सम्भावना

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशूली, मर्स्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ ।
कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
















पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?
इरान–अमेरिका तनाव चर्कियो
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया