फरार अभियुक्त पक्राउ

लहान । कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चाँदीको अवैध गहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय मनप्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका–३ का २७ वर्षीय श्याम विक रहेको प्रहरीले जनाएको छ । सीमावर्ती भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट दुवैजनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका गदाली र विकको साथबाट करिब नौ किलो ७०० ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया