फरार अभियुक्त पक्राउ

लहान । कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चाँदीको अवैध गहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय मनप्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका–३ का २७ वर्षीय श्याम विक रहेको प्रहरीले जनाएको छ । सीमावर्ती भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट दुवैजनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका गदाली र विकको साथबाट करिब नौ किलो ७०० ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
















मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया