प्रदेश २ः आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त

धनुषा । प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको हो ।
प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको छ भने प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई नियुक्त गरिएको छ । प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई गत माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो । श्यामसुन्दर र शिवहरि सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा निवासी हुन् ।
त्यसैगरी प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवर्दन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरिसकेको छ ।
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया