चोयाको सामग्री बनाउनेलाई गाउँपालिकाको सहयोग

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय सीपको सम्मान गर्दै चार जनालाई आर्थिक सहयोग गरेको छ ।
चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने सीप भएका सिरिजङ्घा–४ तेल्लोकका चारजनालाई सीपको सम्मान गर्दै गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत स्थानीयवासीलाई सीपको सम्मानका साथै प्रोत्साहित गर्न अनुदान सहयोग गरेको जनाएको छ ।
वृद्ध अवस्थाका चार जनालाई जनही ४० हजारका दरले अनुदान सहयोग उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
उनका अनुसार सहयोग पाउनेमा तेल्लोकका ८१ वर्षीय श्रीमान गुरुङ, ७१ वर्षीय मनप्रसाद गुरुङ, ६६ वर्षीय खड्गबहादुर गुरुङ र ६० वर्षीय पेम्बा शेर्पा छन् ।
उनीहरुले बाँस तथा मालिङ्गोको चोयाबाट डोको, ढाकी, घुम, खरेटो, बिनायोजस्ता सामग्री निर्माण गरेबापत गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
स्थानीय सीप र सामग्रीको प्रयोग बढाउन तथा स्थानीय उत्पादनको प्रवर्दन गर्ने योजनाअनुसार ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रममार्फत सहयोग गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।
सहयोग पाउने गुरुङत्रय र शेर्पाले निर्माण गरेका चोयाको सामग्रीको नमूना गाउँपालिका कार्यालयमा बुझाएका थिए ।
















अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया