कांग्रेस महाधिवेशन
‘च्याखे दाउँ’ थाप्ने रणनीतिमा सिटौला

काठमाडौँ / २०७२ सालमा भएको १३ औं महाधिवेशनमा तेस्रो समूह बनाएर सभापतिको प्रतिष्पर्धामा उत्रिएका कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनमा पनि ‘च्याखे दाउँ’ थाप्ने तयारीमा जुटेका छन् । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा तोकिएको महाधिवेशनमा पहिलो चरणमा १३ औं महाधिवेशनमा बनाएको समूहलाई जोगाउन सभापतिमा सकभर प्यानलसहित प्रतिष्पर्धा गर्ने र दोस्रो चरणमा जसको पल्ला भारी हुन्छ, त्यसैलाई सघाउन ‘च्याखे दाउँ’ थाप्ने तयारी सिटौलाको छ । उनले आफ्नो समूहका नेताहरूलाई पनि त्यही अनुरुप अगाडि बढ्न निर्देशन दिएका छन् ।
सिटौला समूहका नेता पूर्वमन्त्री भिमशेनदास प्रधानले कसैको पक्षमा नलागेर आफ्नै समूहबाट प्यानलसहित उठ्ने भन्दै कसैको पक्षमा लाग्ने कुरा नगर्न भनेको जानकारी दिए । ‘हामी १३ औं महाधिवेशनमा आकस्मिक रूपमा प्रतिष्पर्धामा गर्दात सम्मानजनक मत आएको थियो । अहिले त त्यो भन्दा राम्रो छ,’ सिटौलाको भनाइ उध्रित गर्दै प्रधानले भने, ‘संस्थापन वा अन्य कुनै समूहमा लाग्ने तयारी नगर्नुहोला । हामी आफै उठ्ने हो ।’
सिटौला समूहमा रहेका नेताहरू केही संस्थापनको पक्षमा र केही संस्थापन इतर समूहमा लाग्ने बताइरहेका बेला सिटौलाले कतैतर्फ नलागेर पहिलो आफै समूह मजबुद बनाएर अगाडि बढ्ने बताएका हुन् । समूहका युवा नेताहरू गगन थाथा र प्रदीप पौडेल संस्थापन इतर समूहमा र प्रधान, उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईं संस्थापनमा लाग्नु पर्ने बताइरहेका छन् । तर, सिटौलाले भने कसैको पक्षमा वकालत नगर्न भनेका हुन् । ‘हामी केहीले संस्थापन र केहीले संस्थापन इतरमा लाग्ने सुझाइरहेका थियौं । तर उहाँले कुनै समूहका बारेमा कुरा नगरी आफ्नै समूहलाई मजबुद बनाउन भन्नुभएको छ,’ प्रधानले भने ।
सिटौलाले मंगलबार आफ्नो समूहका नेताहरूसँग महाधिवेशनबारे छलफल गरेका थिए । त्यो छलफलमा युवा नेताद्वय थापा र पौडेल सहभागी थिएनन् । त्यसपछि उनीहरूले समूह छोडेकोबारे नेताहरूको प्रश्नमा विशेष कामका कारण आउन नसकेको र समूहमै रहेको प्रष्टीकरण सिटौलाले दिएका थिए ।
सिटौलाले नेताहरूलाई आफ्नो सक्षमताबारे प्रचार गर्न पनि निर्देशन दिएका छन् ।
विगत ५,६ वर्षको सिटौलाले पाएको भूमिकामा धेरै सफलता हात लागेकाले त्यो प्रचार गर्ने तयारीमा आफूहरू रहेको प्रधानले बताए । संविधान जारी गर्ने, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, पार्टी महासमिति बैठकका बेला सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद हुँदा मिलाउने मध्यस्थकर्ता भएर सफल पारेको लगायत विषय प्रचारको तयारी सिटौला समूहको छ ।

महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषय महाधिवेशन प्रतिनिधि चुनिएपछि तय गर्ने सिटौला समूहको छ । ‘प्रतिनिधि सभा क्षेत्रसम्मको अधिवेशन सम्पन्न भएपछि मात्रै कुन रणनीतिमा महाधिवेशमा होमिने भन्ने निक्यौल हुन्छ । त्यसपछि मात्रै धेरै विषयमा विश्लेषण गर्न सकिन्छ,’ प्रधानले भने ।
अहिले सिटौलासँग केन्द्रय समितिमा उनीसहित गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी र शिव हुमागाईं छन् । १३ औं महाधिवेशनमा सिटौला समूहबाट थापा महामन्त्री र चौधरी कोषाध्यक्षको उम्मेद्वार भएका थिए । त्यस्तै भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा सिटौला समूहबाट उपसभापतिमा तुलसा पन्त र मुक्ति पौडेल तथा महामन्त्रीमा बलदेव तिमल्सिना र युवराज पाण्डे छन् । त्यस्तै तरुण दलको उपाध्यक्षमा उत्तम चापागाईं छन् । महिला संघमा धना खतिवडा महासचिव छिन् ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया