रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । रास्वपाको विधानमा दलको नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समितिले उक्त कुरा टुंग्याउन लागेको हो ।बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।
रास्वपाले विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दावेदार वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्नेछ ।बालेन शाह दलको नेता चयन भएपछि रास्वपाले राष्ट्रपति कार्यालयलाई जानकारी गराउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरि १८२ सिटमा जीत हासिल गरेको छ ।
















Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया