यस्ता मोबाइल सेटको पुनः आईएमईआई दर्ता गर्नु पर्दैन : नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही समयका लागि ईन्टरनेशनल मोबाइल ईक्वीपमेन्ट आईडेन्टिटि नम्बर (आईएमईआईएन) फेरी दर्ता गर्न नपर्ने जनाएको छ ।
अधिकांश सर्वसाधारणले एकैपटक अनलाईन मार्फत आईएमईआईएन दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएकोले दर्तामा रोक लगाएको नेपाल दूरसञ्चार प्राधिकरणले बिहिबार जारी गरी जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआईएन अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।
आगामी आर्थिक वर्षको पहिलो दिन साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको टेलिकमले जनाएको छ ।
आईएमईआईएनमा दर्ता गर्दा कसैको मोबाईल हराएर अरुले फेला पार्दा प्रयोग गर्न नसक्ने प्रविधि जोडिएको हुन्छ ।
यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने टेलिकमको सूचनामा उल्लेख छ ।
बिहिबार जारी सूचनामा व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरुद्ध आईएमईआईएन दर्ता प्रणाली सुचारु भएपछि थप उचित समय प्रदान गरी दर्ता गर्ने प्रबन्ध मिलाइने प्राधिकरणको सूचनामा उल्लेख गरिएको दूरसञ्चार प्राधिकरणका अधिकृत विवेक महर्जनले मेरोन्यूजलाई जानकारी दिए ।

















दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया