एमाले कार्यदल बैठक सकियो, आजै साँझ फेरि बस्ने
संयुक्त विज्ञप्ति सानो कुरा हो, हामी पार्टीलाई एकतावद्द बनाउने कुरामा छौं : नेम्वाङ

काठमाडौं । नेकपा एमालेको कार्यादलको वैठक अहिलेलाई सकिएको छ । कार्यदलको कैठक आजै ७ वजे नै बस्ने गरी कार्यादलको बैठक अहिलेलाइ सकिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठक विहान साढे ११ वजे बस्ने भनेपनि माधव नेपाल पक्षका नेता भीम रावल बैठक स्थलमा आउन ढिलाई भएपछि वैठक केही वेर ढिलो गरी बसेको थियो ।
रावल नेता माधव नेपाललाइ उनको निवास कोटेश्वर पुगेर फर्किदा ढिला भएकोले बैठक ढिलो बसेको थियो । कार्यदलको बैठककमा सकारात्मक कुराकानी अगाडी वढेको जानकारी पनि नेम्वाङले दिए । ‘हाम्रो वीचमा सकारात्मक कुराकानी भएको छ । पार्टीका विवाद मिलाउने गरी गम्भिर वार्ता भएको छ’ नेम्वाङ ले भने ।
कार्यदलको छलफल सकारात्मक रुपमा अगाडी वढेपछि नै पार्टीका दुइृ शीर्ष नेतालाइृ सम्वाद गरउोन काम भएको पनि नेम्वाङको भनाई थियो । शीर्ष तहको छलफल मा कार्यदलका सदस्यहरु निरन्तर रहेकोले वाहिर सञ्चारमाध्यममा आएजस्तो दुई नेताका वीचको सम्वाद सकारात्मक नभएको भन्ने समाचारमा सत्यता नरहेको पनि उनको दावी थियो ।
साझं ७ वजे पून : सिंहदरवारस्थित अर्थ मन्त्रालयमै कार्यादलको बैठक बस्ने नेम्वाङले जानकारी दिए ।
एक घण्टा मात्रै वसेको आजको कार्यादल बैठकपछि ओली पक्षका नेताहरु प्रधानमन्त्री ओलीसँगको सम्वादका लागि बालुवाटार पुगेका छन् । नेपाल पक्षका नेताहरु भने अर्थमन्त्रालयमै आन्तरिक छलफलमा छन् । दुवै पक्षले आ – आफनो समुहमा आन्तरिक छलफल पछि साँझ फेरि वार्तामा बस्ने सहमति गरेर बैठकबाट निस्केका थिए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया