साताको अन्तिम दिन बढ्यो नेप्से

काठमाडौँ । अघिल्ला ४ कारोबार दिन लगातार घटेको नेप्सेले कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले वृद्धि भएको छ ।
स्टक एक्ससचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २३ दशमलब ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलब ८९ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो ।
गत आइतबार करिब साढे ६, सोमबार करिब १२ र मंगलबार ५ दशमलब २४ अंकले नेप्से घटेको थियो । यस्तै चौथो दिन हिजो बुधबार १६ दशमलब ९७ अंकले नेप्से घटको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकसँगै अघिल्ला दिन कारोबार रकम पनि लगातार घटेको थियो । तर, बुधबारको तुलनामा बिहिबारको कारोबार रकम र शेयरमा सुधार भएको छ ।
बिहिबार करिब ५१ हजार ८ सय ६८ कारोबारबाट २ सय २३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनकोभन्दा बढी हो ।
बुधबार कुल २ सय २२ कम्पनीको ४६ हजार १ सय ८३ कारोबारबाट ४ अर्ब ५८ करोड ५८ लाख १ हजार ९ सय ७६ रुपैयाँ बराबरको १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर किनबेच भएको एक्सचेञ्जको तत्थ्यांक छ ।
नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ ।
कोभिड–१९ को कारणले सिर्जित लकडाउनका कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएकाले लगानीकर्ता शेयर बजारमा भित्रिएका थिए । यही कारण शेयर बजारले उच्च गति लिएको थियो । अहिले आर्थिक वर्षको अन्तिम साता भएकाले पनि सेयर बजारमा उत्साह नदेखिएपनि अन्तिम दिनमा सुधारको संकेत देखिएको हो ।
साउन पहिलो साता राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिमा पुँजीबजार सम्बन्धमा के कस्तो नीतिगत व्यवस्था गर्छ त्यसका आधारमा पुँजीबजारको गति निर्धारण हुने शेयर लगानीकर्ता नवराज अधिकारीले बताए ।
कारोबार हुने साताको अन्तिम दिन बिहिबार शेयर बजारमा कारोबारमा आएकामध्ये व्यापार सुमह र नेपाल टेलिकम आबद्ध अन्य समुहको उपसुचकबाहेक सबैको परिसूचक बढेको छ ।
तर, लघुवित्तको ६८ दशमलब २९ र वित्त समुहको ६४ दशमलब ९५ अंकले बढेको छ । व्यापार समुहको सेन्सेटिभ परिसूचक २० दशमलब ६ र अन्यको १२ दशमलब १ अंकले शेयर कारोबार मापक घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।
















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया