ट्रम्पद्वारा अमेरिकी प्रबिधि कम्पनीविरुद्ध मुद्दा दायर

एजेन्सि । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । गुगल, ट्वीटर र फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । त्यसैले उनले मुद्दा दायर गरेका हुन् । ट्रम्पले यी कम्पनीका सीईओहरुलाई विपक्षी बनाएका छन् ।
ट्रम्पले फ्लोरिडास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा हाल्दै उनले आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि राम्रो कदम भएको बताएका छन् । ट्रम्पले आफ्नो मुद्दामा सेन्सरसीपलाई रोक्न माग गरेका छन् ।
मुद्दा दायर गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जाल कम्पनीहरू र सत्तारुढ डेमोक्र्याटहरूको आलोचना गरेका थिए । उनले भने, ‘हामी चुप लगाउनेलाई रोक्ने, कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ । यो तपाईँहरूलाई पनि थाहा छ । यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन् ।’
तर, कानूनी विज्ञहरुले ट्रम्प मुद्दाबारे आलोचना गरेका छन् ।
















जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया