बिहीबार, चैत १२, २०८२

एकै पुस्तामा विद्धान तयार गर्न सकिदैन : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ असार २४ गते १७:३५

काठमाडौँ । नास्टको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए । मानविय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविश्कार गर्दै जानुपर्नेमा उनले जोड दिए ।

Advertisement
nepal life insurencenepal life insurence

अनुकुल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने उनले बताए । उनले भने “एक जेनेरेसनमा नै मेहनत गरेर विद्धान हुन सकिदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पुर्वजको मेमोरि, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरि पावर र इन्नोभेटिभ पावर । मेमोरि पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौ । ”

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपुर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दे नयाँ आविश्कारमा लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए ।

“मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधी चाहीँ बताईदिएँ । म आफैलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । र दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले । साधारण औषधी कालो तिल आफैले चपाएर थपकथपक लगाईदियो भने, विमारीले चपाउन पनि आनन्द मान्छ । र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने । लगाउदा संगसंगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।”

सार्वजनिक कार्यक्रममा सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तीनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली विहिबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नया आविष्कार तथा पराम्परागत औषधीहरुको वेलिविस्तार लगाए । उनले पुर्वजहरुको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पारे ।

कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया