पूर्व प्रधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
स्वास्थ्य समस्यापछि भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।
यता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टी बेहोर्ने निर्णय गरेका थिए । बिहीवार सरकारका मुख्यसचिव शंकरदास बैरागीले एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएका छन् ।
उनका अनुसार अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दूतावासमार्फत् अस्पताललाई उपलब्ध गराउन लागेको हो ।
“पूर्व प्रधानमन्त्री श्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्ने ।” जारी विज्ञप्तिमा भनिएको छ ।

















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया