अमलेखगन्ज क्षेत्रमा खानेपानीकाे समस्या अन्त्य गर्न २ नं प्रदेश सरकारले विशेष याेजना बनाउने

पथलैया । प्रदेश नं २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले खानेपानीको चरम अभाव झेलिरहेको बाराको अमलेखगञ्ज क्षेत्रमा खानेपानी पुर्याउन प्रदेश सरकारले विशेष योजना बनाउने बताएका छन् ।
पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे ट्यांकीकाे क्षमता विस्तारका लागि पहल गर्न पुगेको प्रदेशसभा सांसद शोभा लामासहितको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्नेगरी योजना अघि बढाउन सुझाव दिए ।
मन्त्री शर्माले पाइलाइनमार्फत अमलेखगञ्जमा खानेपानी लैजाने बारे सम्भाव्यता अध्ययन गरी तत्काल काम अघि बढाउने प्रतिबद्धता गरेकाे नेपाली काँग्रेसका जीतपुरसिमरा नगर सभापति श्यामबाबु गुप्ताले जानकारी दिए ।
अमलेखगञ्जमा चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखानालगायत ६४२ घरधुरीलाई पानी वितरण हुँदै आएको छ । बढ्दो जनसंख्या र सहरीकरणका कारण सो पानी पर्याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ । सो टोलीमा वडा नं १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, पथलैया खानेपानी समितिका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशाकारलगायतको सहभागिता थियो।
















यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया