एमाले कार्यदलको बैठक आज पनि
घनश्याम भुसाल भन्छन् – १० दिनयता कुनै प्रगति छैन, सुवाचन्द्र नेम्वाङ भन्छन् – आजको बैठकले निष्कर्ष निकाल्ने छ
मेरोन्यूज
२०७८ असार २५ गते ७:५०

काठमाडौं । नेकपा (एमाले) ओली र नेपाल पक्षबीच एकता प्रयासका लागि बनेको कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दै छ । आज बिहान साढे ११ बजे बैठक बस्ने भएको हो ।
नेपाल पक्षबाट कार्यदलमा रहेका एमाले उपमहासचिव घनश्याम भुसालले १० दिनयता कार्यदलस्तरमा कुनै प्रगति नभएको बताए ।
‘यसबीचमा धेरै औपचारिक अनौपचारिक कुराकानी भए, कार्यदलस्तरमा पनि पटकपटक छलफल भए,’ उनले भने ‘१० दिनदेखि हमी जहाँको त्यहीँ छौं । टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौं ।’
ओली पक्षबाट कार्यदलको सदस्य रहेका सुवाचन्द्र नेम्वाङले कार्यदललको बैठकले निष्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । अहिलेसम्म दुई पक्षबीच भइरहेको सहमति नजिकका विषयबारे उनले उल्लेख गर्न चाहेनन् ।
सम्बन्धित















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया