बाढी पहिरोको बीमामा २ अर्ब माग

काठमाडौं । देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा झन्डै २ अर्बको माग दाबी परेको छ । २० वटै निर्जीवन कम्पनीमा गरेर कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार बराबरको माग दाबी परेको बीमा समितिले जनाएको छ ।
अविरल वर्षा सुरु भएपछि हिजो बिहिबार असार २४ गतेसम्मको अवधिमा सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा, र विविध बिमा अन्तर्गत बिमितहरुबाट ३ सय ३१ वटा बीमाको माग दाबि परेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार कुल माग दावी मध्ये १ सय ४१ वटा सम्पति बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख, ३३ वटा मोटर बीमाको मागदावी ४ करोड ७५ लाख, ५ वटा सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशु पन्क्षी बीमाको २ करोड ३८ लाख र विविध तर्फ २ वटा बीमाको १ करोड ५५ लाख निर्जीवन बीमा मागदाबी परेको हो ।
इन्जिनियरिङ बीमा तर्फ क्षति भएका १ सय ७ वटा निर्माणाधीन आयोजन बीमाको मागदावी ९० करोड ७ लाख, ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वेपमेन्ट बीमाको ८ करोड ८४ लाख र अन्य ६ वटा बीमाको १ करोड ५३ लाखको माग दावी परेको समितिले जानकारी दिएको हो ।

















इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
प्रतिक्रिया