पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा सर्यो

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न संकायहरुका परीक्षा सारेको छ । विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।
विश्वविद्यालयका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो । प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सूचना जारी गर्दै परिस्थिति अनुकुल अझै नभएकाले हाललाई परीक्षा स्थगित गरिएको जनाएको छ ।
सूचनामा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३/३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्चालन हुने व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ परीक्षाको समय तालिका र परीक्षा केन्द्रहरुपछि प्रकाशन गरीने विश्वविद्यालय जनाएको छ ।

















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया