पार्टी एकता टुंग्याउन अधिकतम प्रयास गर्दै कार्यदल

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा १ बजेदेखि बैठक जारी रहेको छ । बैठकबाट नेता शंकर पोखरेल र रघुजी पन्त बाहिरिएका छन् । बैठकपछि पत्रकारसँग बोल्दै पोखरेलले पार्टी एकता एक दुई दिनभित्रै टुंग्याउने बताएका छन् ।
सहमतिको अधिकतम प्रयास भइरहेको भन्दै उनले सम्भवतः आज भोलि नै एकताको काम सकिखने बताए । यस्तै नेता पन्तले एकता आजै टुंग्याउने गरी सकारात्मक छलफल भइरहेको बताए ।
उनले भने, ‘पार्टी एकतालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबै साथीले आ-आफ्नो विचार राख्नुभयो । सबैका धारणा र विचारहरूलाई राखेर मस्यौदालाई पूर्ण बनाउने प्रयास भइरहेको छ । आजै सकौं भनेर प्रयासरत छौं । सहमतिको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ । मस्यौदामा भएका बुँदाहरू अहिले सार्वजनिक गर्ने बेला भएको छैन ।’
पार्टी एकताका लागि तयार गरेका मस्यौदा फाइनल गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल सहमति भएपछि सार्वजनिक गरिने उनले बताए ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया